काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वैशाख १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । वित्तीय संस्थाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । साथै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।
यस्तै, वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान, नगद प्रवाह लगायत वित्तीय विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । वित्तीय संस्थाले साधारण सभा प्रयोजनका लागि यसले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, वैशाख १० गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।