सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

अर्थात् यस कम्पनीको १ कित्ता साधारण शेयर हुनेले ०.२७ कित्ताहकप्रद शेयरको दरले आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति जेठ १९ गते रहेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेकाले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।