काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन १ लाख ४५ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार रुपैयाँ निर्धारण भएको थियो ।
सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ४० रुपैयाँ कायम रहेको थियो ।