नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल आएका छन् । २०८१ साउन १४ गतेदेखि लागू हुनेगरी गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन् ।

यसअघि प्रवक्ता एवं भुक्तानी प्रणाली विभागका प्रमुख रहेका कार्यकारी निर्देशक डा। गुणाकर भट्ट आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् ।

विभागका प्रमुख डा। प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोग सदस्यमा नियुक्त भएसँगै भट्टलाई विभागको जिम्मेवारी सुम्पिएको हो ।