आज बिहिबार सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज बिहिबार सुन चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ६ सय रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।