स्वावलम्बन लघुवित्तको नाफा २१.२८ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्तको खुद नाफा २१.२८% ले बढेर ३३ करोड ९४ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २७ करोड ९९ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा फि एण्ड कमिसन आम्दानी र डिफर्ड ट्याक्स आम्दानी बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

अघिल्लो वर्ष ४ करोड ६० लाख ९५ हजार रुपैयाँ रहेको डिफर्ड ट्याक्स आम्दानी गत वर्ष असारसम्म १३ करोड ११ लाख ७९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, असारसम्म फि एण्ड कमिसनबाट ४१ करोड २५ लाख आम्दानी गरेको छ ।

अघिल्लो वर्ष यस्तो आम्दानी ३२ करोड २९ लाख १७ हजार रुपैयाँ थियो । यता, खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने घटेको छ ।

खुद ब्याज अम्दानी ८.१९% ले घटेर १ अर्ब ५५ करोढ ८० लाख १५ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा १०.६९% ले घटेर ५२ करोड ५० लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३१ पैसा पुगेको छ ।