आज बीपीडब्लु लघुवित्तको वार्षिक साधारण सभा 

काठमाडौं ।  आज असार २६ गते बीपीडब्लु  लघुवित्त वित्तीय  संस्थाको वार्षिक साधारण सभा बस्दैछ । वार्षिक साधारण सभा होटल ले बगैचाको सभाहल, जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

वार्षिक साधारणसभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । हाल सामुदायिक र बीपीडब्लु लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् ।

यस कार्यको प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले असार १२ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ११ गतेसम्म सेयर खरिद गरी कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।