काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफ्नो ११औँ वार्षिकोत्सवको उपल्लक्ष्यमा गढीमाई मन्दिरलाई विभिन्न सामग्री प्रदान गरेको छ।
गढीमाई मनिदर ट्रस्टका अध्यक्ष रामचन्द्र साह तेली, उपाध्यक्ष विश्वनाथप्रसाद कुशवाहा, सदस्य हरेन्द्रप्रसाद कुशवाहा तथा अनुसन्धान विभागका राजकरणप्रसाद यादवको रोहबरमा सिभिल लघुवित्तको शाखा कार्यालय गन्जभवानीपुरले २ वटा बेन्च, २ वटा डष्ट बिन तथा १ वटा ४×२ को ऐना हस्तान्तरण गरेको हो।
विश्व प्रसिद्ध रहेको गढीमाई मन्दिर दैनिक रुपमा हजारौँ श्रद्धालु भक्तजन आउने गरेको हुनाले सिभिल लघुवितले श्रद्धालु भक्तजनहरुको थकाइ मेटाउन तथा आराम गर्नका लागि सामाजिक उतरदायित्व अन्तर्गत ती सामग्री प्रदान गरेको हो। संस्थाले आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सामाजिक काम गर्दै आइरहेको छ।
गढीमाई मन्दिर ट्रस्टको अध्यक्ष तेलीले गढीमाई मन्दिरको प्राँगणमा राख्न आवश्यक सामग्री हस्तानान्तरण गरेकोमा संस्थालाई धन्यवाद दिए।
कार्यक्रममा संस्थाका तर्फबाट विशिष्ट प्रमुख अनुगमन अधिकृत अनिल चौधरी, शाखा प्रबन्धक जितेन्द्र पासवान तथा कर्मचारी अवधेशकुमार यादव, निराजन कुशवाहा, महेश प्रसाद कुहवाहा तथा जयकरण साह उपस्थिति थियो।































