काठमाडौं । साविक आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त संस्थाबीच मर्जर हुँदा कायम हुन आएको शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाामबाट सूचिकृत भएको छ ।
१ः०.७० अनुपातमा कायम हुन आएको १० लाख ८२ हजार ९ सय कित्ता शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो । अब कम्पनीको शेयर भोलि सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
मर्जरपछिको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्जले १ हजार १७१ रुपैयाँ ८५ पैसा मूल्य रेञ्ज तोकेको छ ।
यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर फुकुवा भएको छ ।