काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ६ लाख ४० हजार कित्ता शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो ।
आगामी आइतवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट यो बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।