सिर्जनशील लघुवित्तको नाफा ८५.६९ प्रतिशतले घट्यो

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफा गत वर्षको यसै अवधिमा भन्दा ८५.६९ प्रतिशतले घटेको हो । गत वर्ष कम्पनीले ४ करोड ५ लाख १४ हजार रुपैयाँ नाफा गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी ४४.७६ प्रतिशतले घटेर ६ करोड ४४ लाख ७० हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसले ११ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि ८५.६९ प्रतिशतले घटेर ८२ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले ४ करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा खुद नाफा घट्न पुगेको हो । हाल यसको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । यो लघुवित्त मानुषी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।

त्यस्तै, यसको जगेडा कोषमा १० करोड ४४ लाख ८९ हजार रुपैयाँ रहेको छ । सिर्जनशीलको खराब कर्जा २.१८ प्रतिशतबाट बढेर ४.०४ प्रतिशत कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८२ पैसा छ ।