आज जेठ २१ गते समिट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज आइतबार जेठ २१ गते अन्तिम दिन हो ।

यस लघुवित्त संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ २२ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ ।

गत वर्षको नाफाबाट यस संस्थाले १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।उक्त लाभांश पारित गर्न समिट लघुवित्तको साधारण सभा असार ३ गते बस्दैछ ।

साधारण सभामा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

संस्थाको अधिकृत पुँजी बृद्धि गरी ६५ करोड पुर्याउने एजेन्डा पनि छ । समिटले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गर्नेछ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलान्चोक बिहान १०:३० बजे सुरु हुनेछ ।