एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न

सञ्चालकमा जितेन्द्र र सविता निर्विरोध

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको पोखराको होटल बाराहीमा सम्पन्न भएको हो ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरेको छ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, साधारण सभाले सर्वसाधारण समुहबाट जितेन्द्र बाहिती र सविता सापकोटालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले सभा प्रयोजनार्थ असार ७ गतेदेखि बुक क्लोज गरिसकेको थियो । यसका आधारमा असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिएका छन् ।