एनएमबि लघुवित्त वित्तिय संस्थाको आज असार २१ गते ११ औं वार्षिक साधारण सभा

काठमाडौं ।  एनएमबि लघुवित्तको ११ औं वार्षिक साधारण सभा आज असार २१ गते शुक्रबार बस्दैछ । साधारण सभा, होटल बाराही पोखरामा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति पनि अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गरिसकेको छ । असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।