काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य पुनः नियुक्त भएका छन् ।
आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेको हुँदा कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई (प्रमुख कार्यकारी अधिकृत) सीइओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । आचार्यलाई आगामी चार वर्षका लागि पुनः सीइओ पदमा नियुक्ति हो ।
































