ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता बिक्री मूल्य ५०० रुपैयाँ राखिएको छ । हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने उक्त सेयर इच्छुक संस्थापकले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर कित्ताको संख्या खुलाई निवेदन दिन सक्नेछन् ।

तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।