ग्रामीण विकास लघुवित्तको वार्षिक साधारण सभा असार १५ गते

काठमाडौं । ग्रामीण विकास लघुवित्तको वार्षिक साधारण सभा असार १५ गते बस्ने भएको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते सोमबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार २ गते आइतबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा ग्रामीण विकास लघुवित्तको प्राधन कार्यालय बुटवलमा बिहान ११ बजे सुरु हुनेछ ।