सूर्योदय वोमी लघुवित्तको ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार ८०५ संस्थापक समूहको सेयर लिलामी भर्ने आज (जेठ १३ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २९४ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।