बि फिज नेपाली बजारमा

भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय– बि फिज नेपाली बजारमा ल्याएको छ ।

स्याउको स्वादमा स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो जुन सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्नेछ ।

बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण पारखीहरु लोभिने कम्पनीले विश्वास लिएको छ ।

पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहान भन्नुहुन्छ, “पार्ले एग्रो आफ्ना उपभोक्ताहरूका लागि अनुभवहरू बढाउन सधैं अगाडि रहन्छ ।

हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं, त्यसैले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गर्छौं, जुन हाल द्य ‘ष्शश ले गर्छ । रु.३० बाट नै यसको मूल्य सुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौं ।’

पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनि साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्दैछ।

यो भन्दा अगाडि appy Fizz छ महिनामै नेपालको सबै क्षेत्रका बजार र युवाहरूले उल्लेखनीय रुपमा मन पराएको कम्पनीको दावी छ ।