काठमाडौं । हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ सोरुमसँगै कम्पनीले आफ्नो खुद्रा बिक्री सञ्जाल विस्तार गर्दै ग्राहकलाई सक्कली सामसङ उत्पादन अझ सहज रूपमा उपलब्ध गराउने जनाएको छ ।
नयाँ सोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गरेका हुन् ।
सोरुममा सामसङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण तथा अन्य इलेक्ट्रोनिक उत्पादनहरू उपलब्ध रहेका छन् । ग्राहकले उद्घाटनका विशेष अफर, आधुनिक किनमेल अनुभव तथा तालिमप्राप्त कर्मचारीबाट उत्पादनसम्बन्धी परामर्शसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, कालिमाटीमा नयाँ सोरुम सञ्चालनसँगै नवीन प्रविधि, गुणस्तरीय उत्पादन र भरपर्दो ग्राहक सेवा देशभरका उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता थप सुदृढ भएको छ ।
सामसङ प्लाजाले कालिमाटी तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ सोरुममा पुगेर सामसङका नवीनतम उत्पादन र प्रविधिको अनुभव लिन आग्रह गरेको छ ।




























