काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो।
गत शुक्रबार प्रतितोला सुन २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ७० रुपैयाँले घटेर चाँदी ३ हजार ५५५ रुपैयाँमा किनबेच भएको थियो।




























