काठमाडौं । सारथी लजिस्टिक्स प्रा.लि.ले विराटनगरमा आफ्नो नयाँ शाखा सुरु गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ।
कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गरेबो छ ।
ती गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा) , नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा, त्रिशूली रहेका छन्।
सारथी लजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार न्यौपानेले सारथी लजिस्टिकस विराटनगर र देशका विभिन्न स्थानमा पुग्दा गर्व लागेको बताए ।





























