आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो, आज चाँदीको भाउ भने स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।