skip this prime bank skip

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३४ अङ्कले घटेर ४६७.६७ विन्दुमा पुगेको छ।

त्यस्तै, फ्लोट परिसूचक १.११ अङ्कले घटेर १८०.०७ विन्दुमा र सेन्सेटिभ फ्लोट परिसूचक ०.४८ अङ्कले घटेर १५७.८८ विन्दुमा कायम भएको छ।

आज कुल १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।

आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

कारोबारमा केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले कमाएका छन्। हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताले भने गुमाएका छन्।