काठमाडौँ । सानिमा बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त साधारणसभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार शेयर पँुजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे २२औं वार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।
आर्थिक बर्ष २०८२/८३ मा रु. ३.५५ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २९१.२१ अर्ब, कुल निक्षेप रु. २४९.९३ अर्ब तथा खुद कर्जा सापटी रु २०३.९९ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको छ ।































