काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ ३) अन्तिम दिन हो । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
सोमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।































