नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज सोमबार असार १८ गते नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन हो ।

यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ । साधारण सभामा सीआइटीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।