नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

काठमाडौं । नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद सेयरमा आज जेठ ३२ गते बिहीबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

यस कम्पनीले हकप्रद सेयरको लागि असार १ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१.७८ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

नेसनल हाइड्रोपावरले हाल कायम १ अर्ब ६४ करोड ५५ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद बिक्री गर्न लागेको हो । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।