नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानी योग्य रकम नेपाली रुपैयाँ ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेसन सम्बन्धी फाराम भरी अबको सात दिन भित्र केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ । साथै, प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने कम्पनीले जनाएको छ ।