आज जेठ २२ गते नेसनल लाइफ इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । आज जेठ २२ गते सोमबार नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दैछ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यसले गत वर्षको नाफाबाट ८५ बोनस र कर प्रयोजन सहित ६.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साधारण सभामा २०७८/७९ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, जेठ १० गतेसम्म कायम रहने सेयरधनीले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।