प्रभु लाइफको लाभांश संशोधन

अब कति दिंदैछ बोनस सेयर ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

यसअघि १०.५२ प्रतिशत बोनस सेयर र सोको कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको थियो ।

अहिले बिमा प्राधिकरणको निर्देशन अनुसार लाभांश दर संशोधन भएको हो । अब यसले ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले कुल १०.३१ प्रतिशत लाभांश दिन घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ । हाल प्रभु र महालक्ष्मी लाइफ मर्जर प्रक्रियामा रहेका छन् ।