नेपाल इन्स्योरेन्सको खुद नाफा ५९.६६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्स्योरेन्सको खुद नाफा ५९.६६ प्रतिशतले बढेर २८ करोड ६५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा खुद बिमा शुल्क आर्जन सामान्य अर्थात् ०.०६ प्रतिशतले बढेर ६० करोड १६ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

बिमा कोषको आकार ३५.८५ प्रतिशतले बढेर ८९ करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा छ ।