काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २२ गते साधारण सभा बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभामा २०७८/७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यसर्थ, जेठ १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।