रेड्मीका दुई नयाँ फोन ‘रेड्मी ए–२’ र ‘ए–२ प्लस’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण उक्त स्मार्ट फोनले सुलभ मूल्यमा प्रयोगकर्ताहरु समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी रहेको छ । यस्तै इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स रहेको कम्पनीले जनाएको छ ।

साथै, लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ यी फोनले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने, ‘रेडमी परिवारमा लेटेस्ट एडिसन को रूपमा, रेड्मी ए–टू र ए–टू प्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो ।

टप अफ द लाइन स्पेसिफिकेशनहरु र शक्तिशाली भिजुअलहरु प्रस्तुत गर्दै, यी फोनहरु नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन् ।’रेड्मी ए–टु र ए–टु प्लस लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध रहेका छन् ।

रेड्मी ए–टु दुईजीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १० हजार ४९९ रुपैयाँ रहेको छ । यस्तै रेड्मी एटु प्लस टुजीबी प्लस–३२ जीबी र ३ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य ११ हजार ४९९ र ११ हजार ९९९ रुपैयाँ रहेको छ ।