काठमाडौं । टाइलिस डिजाइन र उत्कृष्ट पर्फमेन्श भएको भिभोको नवीन स्मार्टफोन, वाई३६ छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।
नेपाली बजारमा सार्वजनिक हुन लागेको भिभो वाई३६ स्मार्टफोन फोटोग्राफीलाई परिभाषित गर्दै अद्भूत क्यामेरा अनुभव प्रदान गर्नेछ । डिजिटल कन्टेन्ट क्रियटर र फेशनप्रति रुची भएका व्यक्तिहरुको आवश्यकतालाई मध्यनजर गर्दै वाई३६ उनीहरुका लागि लक्षित गरेर बनाइएको छ ।
वाई३६ मा स्लिक डिजाइन र सर्वोत्कृष्ट पर्फमेन्शको सहि संयोजन छ, जसकारण यो टेकप्रति रुची भएका व्यक्तिहरुसंग हुनै पर्ने उपकरण हो ।
यसमा भएको फ्यान्सी फ्रेम र क्रिस्टल ग्लासले स्मार्टफोनलाई अझ मोहक बनाएको छ र गोल्डेन रिपल प्रोसेसले अद्भूत टेक्सचर थपेको छ । २.५डी फ्ल्याट फ्रेमका कारण फोनलाई सहजै पक्डिन सकिन्छ जसले ग्राहकको अनुभव वृद्धि गर्न राम्रौ टेवा पर्याउनेछ ।
वाई३६ को आकर्षक डिजाइनले नै यसलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउँछ । स्टाइल र पर्फमेन्शको उत्कृष्ट संयोजन भएको स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुका लागि यो उत्कृष्ट विकल्प हो । यो स्मार्टफोन दुई आकर्षक कलर भेरियन्ट –मेटिअर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।
रियूमरका अनुसार वाई३६ मा स्न्यापड्रेगन ६८० प्रोसेसर आउँनेछ, यो स्मार्टफोनले प्रभावशाली गति र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यति मात्र होइन, वाई३६ मा लामो समयसम्म टिक्ने ५००० एमएएच ब्याट्री पनि आउँने अनुमान गरिएको छ । साथै द्रुत चार्जिङका लागि यसमा ४४वाट फ्ल्यासचार्ज टेक्नोलोजी पनि हुनेछ ।
यी आर्कषक विशेषताहरुले ग्राहकहरुलाई सहज र शक्तिशाली प्रयोगकर्ता अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।