काठमाडौं । असार ५ गतेदेखि ८ गतेसम्म थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।सर्वसाधारणका लागि छुट्याइएको शेयर ६१ हजार ३ सय १४ जनाले १०/१० कित्ता र २ जनाले ११/११ कित्ताका दरले पाउने छन् ।
सेबोनबाट १२ करोड ३१ लाख २५ हजार रुपियाँ बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको मध्ये ७३ हजार ८ सय ७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिसकेको छ ।