काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’ नामक ऋणपत्र सूचिकरण गर्ने सम्झौता भएको हो ।
नेप्सेले यस ऋणपत्रलाई ‘जीबीआईएल ८४/८५’ कारोबार संकेत प्रदान गरेको छ । बैंकले केही समयअघि उक्त ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको थियो ।
५ वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन् ।