काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार ‘प्रभु स्मार्ट फन्ड’को १० करोड इकाई सूचीकृत भएको छ ।
यस फन्डले गत फागुन १८ गतेदेखि प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गरेको थियो । सोही इकाई सूचीकरण गरिएको हो । बुधबारबाट ‘पीआरएसएफ’ संकेतमा यसको कारोबार सुरु हुनेछ ।