काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो।
भारतको मुम्बईमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जानकारी दियो।
‘हामीले पक्राउ गरेर ल्याएका छौं। १० बजे यसको विस्तृत सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो।
जम्मा गरेको रकम फिर्ता नपाएपछि निक्षेपकर्ताहरूले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए। उजुरीकै आधारमा फरार रहेका शर्मा पक्राउ परेका हुन्। सहकारीबाट करिब १ लाख पीडित रहेको बताइएको छ।