काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । आइडियल यमुना हाम्रो सहकारीका अध्यक्षसमेत रहेका उप्रेतीलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हो । उनीमाथि ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप लागेको छ ।
उप्रेती विरुद्ध ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । बचतकर्ताले उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकविरुद्ध पनि उजुरी हालेका छन् ।
एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिव समेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको छ । उप्रेती लामो समयदेखि राष्ट्रिय सहकारी बैंकको अध्यक्ष पदमा छन् ।