प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटललेआजदेखि एकिकृत कारोबार गर्दै

काठमाडौं । प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटलले आजदेखि एकिकृत कारोबार गर्दैछन् । प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेसँगै यी बैंकको सहायक कम्पनीको रुपमा रहेका दुई क्यापिटल पनि मर्ज भएका हुन् ।

यी दुवै क्यापिटलले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव बैशाख ९ गतेको विशेष साधारण सभाबाट पारित गरेका थिए ।

यी दुई क्यापिटल १ः१ को अनुपातमा मर्ज भएका हुन् । सो विशेष साधारण सभाले प्रभु क्यापिटलले प्राथमिक शेयर निष्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको थियो ।