काठमाडौं । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२,५०,००,०००/– रकम बराबरले हुन आउने रु. १००/– का दरले १२,५०,०००/– कित्ता प्राथमिक शेयर निष्काशन गर्नको लागि मिति २०८२/०३/१८ गतेका दिन आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा केटिएम हस्पिटालिटी लिमिटेड बीच सम्झौता सम्पन्न भयो । स
र्वसाधारणमा जारी गर्नको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेड को मुख्य कार्यालय, काठमाडौमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको समुपस्थितिमा हस्ताक्षरित सो सम्झौता–पत्रमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभयो ।
केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारी मा रहेको छ ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।