आज सार्वजनिक गर्न तयारी गरिएको मौद्रिक नीति अन्तिम अवस्थामा आएर रोकिए

किन रोकियो एकाएक ?

काठमाडौं । आज सार्वजनिक गर्न तयारी गरिएको मौद्रिक नीति अन्तिम अवस्थामा आएर रोकिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज सार्वजनिक गर्ने तयारी गरेका थिए ।

त्यसका लागि आज बिहान केन्द्रीय बैंकको बोर्ड बैठकसमेत बोलाइएको थियो । तर अन्तिममा आज रोकिएको जानकारी गराइएको छ ।

बोर्डमा छलफल गर्न समय नपुगेर आजको निर्धारित कार्यक्रम रोकिएको स्रोतको दाबी छ । तर अर्को एक स्रोतका अनुसार हिजो मात्र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त भएका डा. युवराज खतिवडाले मौद्रिक नीतिका बारेमा जानकारी लिन चाहेपछि आज सार्वजनिक गर्न लागिएको नीति स्थागित गरिएको हो । अब कहिले सार्वज्निक गर्ने भनेर टुंगो लाग्न बाँकी छ ।

केन्द्रीय बैंकले यसपटक लचिलो मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । सेयर बजारका लगानीकर्ता पनि यसपटक निकै आशावादी बनिरहेका छन् ।