काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अधिकांश सूचकमा सुधार भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसान लघुवित्तले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन गत आर्थिक वर्षको तुलनामा २९.४८% धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १९.८६% र सञ्चालन नाफा २९.७०५ ले बढ्दा खुद नाफामा पनि सुधार भएको हो ।
हाल यसको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा पनि ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यसको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
साना किसानको खराब कर्जा ०.७५% बाट बढेर ०.८१% भएको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।
गत वर्ष ५९ रुपैयाँ ५२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३६ रुपैयाँ १९ पैसामा झरेको छ । प्रतिसेयर नेवटर्थ भने १६८ रुपैयाँ ८० पैसा छ ।





























