काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले १ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको नाफा ८९८.४४ प्रतिशत बढेको हो ।
अघिल्लो वर्ष ४३ करोड ९० लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत वर्ष ६४ करोड ३४ लाख ८८ हजार रुपैयाँ गरेको छ ।
गत वर्ष लघुवित्तले ८ करोड १२ लाख ८६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ७२ करोड ४७ लाख ७४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १९ करोड १७ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १० करोड ३१ लाख १९ हजार रुपैयाँ रहेको छ । ७२ करोड १४ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड ५ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष २.०५ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २०.४३ रुपैयाँ पुगेको छ । गत वर्ष लघुवत्तले २ अर्ब १० करोड ७ लाख ३० हजार रुपैयाँ निक्षेप तथा ६ अर्ब ९ करोड २६ लाख रुपैयाँ सापटी लिई ८ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो वर्ष १४.५१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटाएर १३.१० प्रतिशतमा झारेको लघुवित्तले जनाएको छ ।































