काठमाडौं । प्राइम बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा वृद्धि गर्न सफल भएको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३१.७३% ले बढेर १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ पुगेको हो । यस अवधिमा खुद ब्याज आम्दानी ६.०१ % ले बढेर १ अर्ब ९९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
यता, खुद फि तथा कमिसन आम्दानी पनि ४०.८६% ले बढेपछि खुद नाफामा सुधार भएको हो । फि तथा कमिसन आम्दानी ३६ करोड रुपैयाँबाट बढेर ५२ करोड रुपैयाँ पुगेको हो । यता, प्राइम बैंकको खराब कर्जा भने १.८०% बाट बढेर ३.६७% पुगेको छ । खुद नाफा बढेपछि यस बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेर २३.७४ रुपैयाँ पुगेको छ ।































