काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शोक बिदा दिने घोषणा गरेको हो ।

काठमाडौंको  ग्राण्डी  अस्पतालमा  उपचारका क्रममा रिजालको बिहीबार बिहान निधन भएको थियो । उनको निधनमा आज महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको हो ।