काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित ‘फेष्टिभ डिलाईट २०८०’ योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ ।
यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ एसयुभी लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।
हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।
ग्राहकहरुले योजना अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा ६ लाख सम्मको नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा प्रदान प्राप्त गर्न सक्नेछन् ।
हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेले पनि यस योजनामा सहभागिता जनाउन योग्य हुनेछन् ।
नाडा अटोशो २०२३ मा हुन्डाईको बी ५स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । आउदो मंसिर ३ (छठ पर्व) सम्म लागु हुनेगरी हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध रहेके कम्पनीले जनाएको छ ।































