काठमाडौं । एनआइसी एसिया क्यापिटलले साउन ३२ गते वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको हिजो (साउन ९ गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो ।
उक्त साधारण कम्पनीको रजिष्ट्रर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४६ प्रतिशतका दरले हुने आउने ९ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
यसैगरी, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणका विषयमा छलफल गरी पारित गरिने एजेन्डा रहेको छ । साथै, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकिनेछ ।






























