काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने समय लम्बिएको छ । अब यसमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अघि यो फन्डमा पहिलो चरणमा साउन ९ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो ।
तर, अब समय थपिएपछि साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ । लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको हो । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो ।
यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५५ कोष प्रवर्दधक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको छ ।
यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यो १० वर्षे योजना हो । ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।






























